शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीका छोरा रोनाल्डोका फ्यान

मङ्गलबार, १३ फागुन २०७६, ०९ : ४६
मङ्गलबार, १३ फागुन २०७६

एजेन्सी : अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीका विश्वभर करोडौं फ्यान छन् । पोर्चुगल एवं युभेन्ट्सका सुपरस्टार क्रिस्टीयानो रोनाल्डोको चर्चा र फ्यान पनि मेस्सीको भन्दा कम छैन ।

विश्व फुटबलकै महान यी दुई हस्तीको विषयमा पछिल्लो दशक चर्चा नभएको क्षण छैन । फुटबलमा प्रदर्शन र उपलब्धिको हिसावले मेस्सी र रोनाल्डोले विश्वका सबै खाले उपलब्धि हात पारेका छन् । लामो समय स्पेनका जमेका यी दुई खेलाडीबीच को बढी भन्ने चर्चा सँधै कायम छ । ६ पटकका बालोन डी’ओर विजेता मेस्सी र पाँच पटकका विजेता रोनाल्डोबीच अन्य उपाधिको लागि पनि होड चल्ने गर्दछ । रोनाल्डो पछिल्लो दुई बर्षदेखि इटालीमा जमिरहेका छन् ।

उनै मेस्सीका छोरा रोनाल्डोका असल फ्यान हुन् । मेस्सीले आफ्नो छोरा थियगो रोनाल्डोको खास फ्यान रहेको बताएका छन् । ‘ठुलो छोरा थियगो सँधै रोनाल्डोको खेल हेरेर बस्छ । रोनाल्डोले जब गोल गर्छन् । उ खुशीले उफ्रन्छ,’ मेस्सीले हालै एक अन्तवार्तामा भने । थियगोले फुटबल राम्रोसँग बुझ्न थालेको र बार्सिलोनाको एकेडेमीमा खेलिरहेको पनि मेस्सीले बताए । सात बर्षीय थियगोले भर्खरै गरेको गोलले समाजिक सञ्जालमा चर्चा पाएको थियो ।

थियगोले मेस्सीसँग अन्य फुटबलरको बारेमा पनि कुरा गर्छन् । उनी मेरा सँगै खेल्ने साथीहरु लुइस स्वारेज, एन्टोइन ग्रीजम्यान र बाहिरका केलियन एमबाप्पे, नेयमारको बारेमा पनि कुरा गर्छन्, मेस्सीले भनेका छन् । थियरो अर्टुरो भिडालको कपाल देखेर मोहित बनेको र उसैको बारेमा कुरा गर्ने गरेको पनि मेस्सीले बताएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप