शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु

मङ्गलबार, १३ फागुन २०७६, १२ : ३५
मङ्गलबार, १३ फागुन २०७६

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ । 

रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् । 

जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ । 

जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । अहिले नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप