मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जुवाको खालबाट महिलासहित ५ जना पक्राउ

मङ्गलबार, १३ फागुन २०७६, १२ : ५७
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ५ जना पक्राउ परेका छन् । 

थाहा नगरपालिका ९ चित्लाङमा रहेको एउटा घरमा जुवा खेल्ने र खेलाउने गरेको सूचनाका आधारमा पुगेको प्रहरीले नगदसहित ५ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकाश कुमार तामाङले जानकारी दिए । 

उनीहरुको साथबाट लगद ६४ हजार ७ सय रुपैयाँ र तास बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा थाहा ९ का सुकदेव बस्नेत, सुदर्शन भट्टराई, सानु कान्छा गोले, राम कुमार स्याङ्गतान र सानु माया बलामी रहेका छन् । 

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को जुवा सम्बन्धी कसुर बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप