बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारत भ्रमणमा पुगेका सात अमेरिकी फर्स्ट लेडीः कसैलाई मनपर्‍यो हात्ती सवारी, कोही बच्चासँग नाचे

मङ्गलबार, १३ फागुन २०७६, १३ : २१
मङ्गलबार, १३ फागुन २०७६

सन् १९६२ मा सबैभन्दा पहिले भारत जाने जोन एफ केनेडीकी श्रीमती ज्याकलिन थिइन् । मिशेल ओबामा सन् २०१० र २०१५ मा दुई पटक भारत आउने पहिलो अमेरिकी फर्स्ट लेडी थिइन् ।

दुई दिवसीय भारतीय भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र फर्स्ट लेडी मेलानिया भारत पुगिसकेका छन् । उक्त भ्रमणमा ट्रम्प दम्पत्ति ताजमहल हेर्न पनि गए । अमेरिकी फर्स्ट लेडी भारत भ्रमणमा आएको यो पहिलो मौका होइन । यसअघि ज्याकलिन केनेडी, रोजेलिन कार्टर, लरा बुशदेखि मिशेल ओबामासम्म भारत आएका थिए ।

र भारतको सुन्दरता र संस्कृतिको तारिफ गरिसकेका छन् । अहिलेसम्म भारत भ्रमणमा पुगेका अमेरिकाका फर्स्ट लेडीको यात्रा...

ज्याकलिन केनेडी – अमेरिकी फर्स्ट लेडी, सन् १९६२

अमेरिकाको तत्कालीन राष्ट्रपति जोन एफ केनेडीकी श्रीमती ज्याकलिन केनेडी सन् १९६२ मा भारत भ्रमण गर्ने पहिलो फर्स्ट लेडी थिइन् । ज्याकलिन आफ्नी बहिनी ली रेट्जविलसँग भारत दर्शनका लागि आएकी थिइन् । आफ्नो उक्त यात्रामा ज्याकलिनले बाल अस्पताल, गार्डन र राष्ट्रपति भवनसमेत थुप्रै धार्मिक स्थलको अवलोकन गरेकी थिइन् ।

भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहर लाल नहरु र इन्दिरा गान्धीले ज्याकलिनको स्वागत गरेका थिए । ज्याकलिनले त्यतिबेला गुलाबी पहिरनसहित मोतीको माला, हिल र ह्याट लगाएकी थिइन् । उनले जयपुरमा हात्तीको सवारी पनि गरेकी थिइन् र आमेरस्थित पिछोला नदीमा डुङ्गा सवारीको आनन्द पनि लिएकी थिइन् ।

प्याट्रिशिया निक्सन – सन् १९६९

अमेरिकाका ३७ औं राष्ट्रपति रिचर्ड निक्सन सन् १९६९ मा आफ्नी श्रीमती प्याट्रिशिया निक्सनसँग भारत भ्रमणमा आएका थिए । प्याट्रिशिया एक दिनको लागि मात्रै भारत पुगेकी थिइन् । प्याट्रिशियाले त्यतिबेला गुलाबी रङको मिनी स्कर्ट र ब्लेजर लगाएकी थिइन् साथै उनले गलामा निलो रङ्गको स्कार्फ पनि हालेकी थिइन् ।

रोजेलिन कार्टर – सन् १९७८

अमेरिकाका ३९ औं राष्ट्रपति जिम्मी कार्टर सन् १९७८ मा आफ्नी श्रीमती रोजेलिन कार्टरसँग भारत भ्रमणमा गएका थिए । जिम्मी व्यस्त भएका कारण रोजेलिन एक्लै भारत घुमेकी थिइन् । उनी एयरपोर्टमा सेतो रङको ड्रेस लगाएर पुगेकी थिइन् । त्यसपछि घुम्ने बेला उनले खैरो रङको कोट र स्कर्टसहित निलो रङको स्कार्फ लगाएकी थिइन् । रोजेलिनले दिल्ली स्कूलका बच्चालाई पनि भेटेकी थिइन् । श्रीमान्सँग दिल्ली नजिकैको दौलतपुर गाउँमा भ्रमणकाबेला उनले निधारमा टिका पनि लगाएकी थिइन् । त्यहाँका स्थानीयले उनलाई सलमार्फत् भेट गरेका थिए । पछि यो गाउँको नाम उनको सम्मानका लागि कार्टरपुरी राखिएको थियो ।

हिलेर क्लिन्टन – सन् १९९५

सन् १९९५ मा हिलेरी क्लिंटन १२ दिवसीय दक्षिण एशियाको भ्रमणमा पुगेकी थिइन् । यसैबीच उनी आफ्नी छोरी चेल्सी क्लिंटनसँग तीन दिनका लागि भारत पुगेकी थिइन् । भारतमा उनले महिलाको अधिकार र शिक्षामा भाषण पनि दिएकी थिइन् । त्यहाँ उनले आगरामा ताजमहलसमेत विभिन्न स्थानको भ्रमण पनि गरेकी थिइन् । हिलेरी गुलाबी रङको टप र लङ्ग स्कर्ट लगाएर ताजमहल पुगेकी थिइन् । त्यसको २ वर्षपछि सन् १९९७ मा पनि हिलेरी मदर टेरेसाको अन्तिम संस्कारमा समावेश हुन भारत आएकी थिइन् ।

लरा बुश – सन् २००६

अमेरिकाका ४३ औं राष्ट्रपति जर्ज डब्ल्यू बुश र उनकी श्रीमती लरा बुश सन् २००६ मा ६० घण्टाका लागि भारत पुगेका थिए । त्यतिबेला उनीहरुले राष्ट्रपति भवन, नोएडा फिल्म सिटी र मदर टेरेसा मिशनरी च्यारिटेबल सेन्टरको भ्रमण गरे । अन्त्यमा उनीहरुले राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । भारतमा लराले खैरो रङको कोट पाइन्ट लगाएकी थिइन् ।

मिशेल ओबामा – सन् २०१०

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा र उनकी श्रीमती मिशेल सन् २०१० र सन् २०१५ मा दुईपटक भारत आएका थिए । सन् २०१० को भ्रमणमा मिशेल र बराक ओबामा मुम्बईको स्कूल गएका थिए । त्यसपछि सन् २००८ मा भएको आतंकवादी हमला २६÷११ का पीडितलाई पनि भेटे । मिशेलले एक्लै दिल्लीको नेशनल ह्यान्डलूम र ह्यान्डिक्राफ्ट म्युजियमको अवलोकन गरेका थिए । मिशेलले भारतीय डिजाइनर विभू मोहपात्राले डिजाइन गरेको फ्लोरल ड्रेस लगाएकी थिइन् । मुम्बईमा उनले गरिब बच्चासँग बलिउड गीतमा डान्स पनि गरेका थिए ।

सन् २०२० मा भारत भ्रमणमा आएकी मेलानिय ट्रम्प फर्स्ट लेडीको रुपमा भारत भ्रमण गर्ने सातौं महिला हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप