बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नयाँ मिस नेपालको खोजी सुरु

मङ्गलबार, १३ फागुन २०७६, १३ : २८
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं । नयाँ मिस नेपाल खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले ‘मिस नेपाल २०२०’ को लागि आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो । निशुल्क फर्म भर्न सक्ने ब्यवस्था सहित खुल्ला भएको मिस नेपालको आवेदन इच्छुकले २७ मार्चसम्म भर्न सक्नेछन् । आवेदन फर्म हिडन ट्रेजरको कार्यलय तथा मिस नेपाल वेभसाइटबाट समेत सिधै भर्न सकिनेछ ।

काठमाडौंसहित धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान, बिर्तामोड लगायत देशको विभिन्न ९ शहरमा छनौट चरणको अडिसन हुने प्रतियोगितामा १९ वर्षदेखि २६ वर्षसम्मका, ५.४ इन्च हाइट भएका अबिवाहित नेपाली युवतीले माात्र सहभागिता जनाउन सक्नेछन् ।

मिस नेपाल २०२० को घोषणा मे १५ हुने आयोजक संस्था हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप