बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ: खाँण

मङ्गलबार, १३ फागुन २०७६, १३ : ४३
मङ्गलबार, १३ फागुन २०७६

चितवन । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टीको संसदीय दल र केन्द्रले समर्थन गरेको बताएका छन् । भरतपुर अस्पतालमा उनलाई आज भेटेपछि प्रतिक्रिया दिँदै खाँणले सरकारले अविलम्ब उनको जीवनरक्षाका लागि पहल गरी माग सुनुवाइ गर्नुपर्ने बताए ।

माडीका आम जनताको समस्या र पीडालाई मुखरित गर्ने र त्यसलाई राज्यले सम्बोधन गरोस् भन्ने उद्देश्यले उनको अनशन भएको भन्दै संसद् पूर्णरुपमा चलेपछि यस विषयमा काँग्रेसले संसद्मा विषयवस्तु उठान गर्ने बताए । उनले भने, ‘जुन खालको कठिन अवस्था छ त्यसबाट उन्मुक्ति पाइयोस् भनेर अनशन बस्नुभएको छ । त्यसमा हाम्रो समर्थन छ ।’ 

पौडेल फागुन ७ गतेदेखि माडीका जनताको प्रत्यक्ष सरोकार राख्ने माग राखेर आमरण अनशनमा बसेका छन् । उनको अवस्था गम्भीर भएपछि सोमबार बिहान भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ । पौडेललाई भेट्न नेता खाँण यहाँ आएका हुन् । एक फरक प्रसङ्गमा उनले सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप