शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा नेविसंघको चरणबद्ध आन्दोलनः १२ वटा सरकारी गाडी नियन्त्रणमा, ठाउँ–ठाउँमा चक्काजाम

मङ्गलबार, १३ फागुन २०७६, १४ : ३२
मङ्गलबार, १३ फागुन २०७६

पोखरा । आफ्ना कार्यकर्ता पक्राउ परेको विरोधमा नेविसंघले मंगलबारदेखि चरणबद्ध रुपमा आन्दोलन थालेको छ । सत्ता र शक्तिको आडमा आफ्ना कार्यकर्ता फसाउन खोजको भन्दै नेविसंघले आन्दोलन थालेको हो ।

नेविसंघले पोखरा छिर्ने मुख्य नाका पियु चोक, महेन्द्रपुल, नालामुख लगायतका  ठाउँमा टायरबालेर विरोध जनाएको छ । बिहान करिब १० बजेतिर पिएन क्याम्पसमा प्रहरी र नेविसंघबीच हानाहान हुँदा नेविसंघकका सुजन लामिछाने गम्भिर घाइते भएका थिए । उनको अहिले मणिपाल अस्पतालमा उपचार भइरहेको छ । 

पिएनमा ढुंगा हानाहानपछि नेविसंघले कोणसभा पनि गरेको थियो । कोणसभामा आफ्ना कार्यकर्तालाई नियोजित रुपमा फसाउन खोजिएको भन्दै वक्ताहरुले कडा आलोचना गरेका थिए । नियन्त्रणमा लिइएको गाडीमध्ये एउटा गाडी गण्डकी प्रदेशका मन्त्रीको रहेको नेविसंघका निर्वतमान केन्द्रिय सदस्य सरोज केसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप