शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी खारेजीको माग गर्दै नेमकिपाको विरोध प्रदर्शन

मङ्गलबार, १३ फागुन २०७६, १९ : २५
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ ।  राष्ट्रघाती एमसीसी सम्झौता खारेजी गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालले रत्नपार्कबाट निकालिएको जुलुस अमेरिकी दूतावाससम्म पुगेको थियो ।

एमसीसी सैन्य गठबन्धनसँग सम्बन्धित रहेका कारण यो नेपालमा आवश्यक नरहेको उनले बताए । अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा अशान्ति चाहेको र उसको लक्ष्य यो क्षेत्रमा युद्ध गरी हतियारको ब्यापार गर्ने रहेको उनले बताए । नेपालस्थित अमेरिकी दूतावासमार्फत अमेरिकी सरकारलाई विरोधपत्र बुझाएको उनले बताए ।

प्रदर्शनका क्रममा देश बेच्न पाइँदैन, एमसीसी खारेज गर, विदेशी पूँजीपति दलालहरु मुर्दावाद लगायतका नारा लगाइएका थिए । त्यसैगरी सैन्य गठबन्धन चाँहिँदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु प्रदर्शनकारीहरुले लगाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप