शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो बैठक, के गर्ला निर्णय ?

मङ्गलबार, १३ फागुन २०७६, २० : १०
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बिहान बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलले पेश गरेको अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) समबन्धी प्रतिवेदनबारे निर्णयमा पुग्ने महासचिव विष्णु पौडलले जानकारी दिए ।

 योबाहेक निर्वातमान सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि नेकपाले ठोस धारणा तय गर्ने एक सचिवालय सदस्यले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार गोकुल प्रकरणमा पार्टीभित्र समेत छानविन समिति बनाउनुपर्ने आवाज उठेकाले आन्तरिक छानविन समिति गठन गर्नेबारे छलफल हुनेछ । बैठकमार्फत पार्टी एकताका बाँकी काम पनि टुंग्याउने तयारी नेताहरुको छ । 

गत शनिबार बसेको सचिवालय बैठकले एमसीसीका विषयमा अर्को बैठककमा छलफलपछि निर्णय गर्ने नेताहरुले बताएका थिए । नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले तयार पारेको एमसीसी अध्ययन प्रतिवेदन फागुन नौ गते दुई अध्यक्षलाई बुझाएको थियो । 

नेकपाभित्र लामो समयदेखि विवादित बनेको एमसीसी सम्झौता संशोधन नगरी स्वीकार गर्न नहुने मत बलियो छ । यो बाहेक बुधबारको बैठकमा संविधान संशोधनबारे समेत छलफलको एजेण्डा बनाउने तयारी नेताहरुको छ । संविधान संशोधनका लागि गत शनिबार गठन गरिएको भनिएको कार्यदलबारे नेकपामै विवाद भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप