पोखराका होटलकर्मीलाई चिनियाँ भाषा तालीम
मङ्गलबार, १३ फागुन २०७६, २१ : २०
पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा होटलकर्मीलाई लक्षित गरी पोखरामा दुई महिने आधारभूत चिनियाँ भाषा तालीम सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा यही फागुन ८ गतेदेखि सञ्चालित तालीममा होटल क्षेत्रसम्बद्ध ५० सहभागी रहेको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
कोरोना भाइरसका कारण अहिले चिनियाँ पर्यटकको आगमनमा मात्र कमी नभै विश्वभर नै भ्रमण गर्ने क्रममा मन्दी आए पनि भविष्यलाई लक्षित गरी तालीम सञ्चालन गरिएको उनले बताए। कोरोना भाइरसका कारण उत्पन्न समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै तुलाचनले यसले पर्यटनमा पारेको प्रभाव चाँडै नै अन्त्य हुने अपेक्षा गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’
-
रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीलाई नेपालमा लगानी गर्न आग्रह
-
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा
-
झापामा ब्राउन सुगरसहित एक पक्राउ
-
प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’