बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विद्युत् चोरी  गर्ने  ६  जना पक्राउ

मङ्गलबार, १३ फागुन २०७६, २१ : ३६
मङ्गलबार, १३ फागुन २०७६

सप्तरीको राजविराजबाट विद्युत् चोरी गरेको आरोपमा प्रहरीले आज ६  जनालाई  पक्राउ  गरेको छ  । पक्राउ पर्नेमा  जिल्लाको राजविराज  नगरपालिका वडा–१ बस्ने सतनारायण साह, दिनेश यादव, एकराम यादव, वडा नंं २ बस्ने मोहमद अमिन, वडा नं ११ बस्ने श्यामकुमार मण्डल र नारायणप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

जिल्ला प्रहरी कार्यालय, राजविराजस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यता पक्राउ परेका ६ जनालाई विद्युत् चुहावट नियन्त्रण विनियमावली २०५९ अनुसार कारवाही गरिएको प्रहरी नायब उपरीक्षक  तिलक भारतीले बताए । यसैबीच जिल्लाको विभिन्न गाउँपालिका तथा नगरपालिकामा भइरहेको विद्युत् चुहावट नियन्त्रणतर्फ नेपाल विद्युत्  प्राधिकरण  र स्थानीय प्रहरीले सक्रियता देखाइएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप