एमसीसीको विरोधमा दश वामपन्थी दल
मङ्गलबार, १३ फागुन २०७६, २३ : २२
काठमाडौं । दश वामपन्थी दलहरुले एमसीसी र कालापानी भूभागलाई भारतीय नक्सामा सामेल गरेको विषयलाई लिएर विरोध प्रदर्शन गर्ने भएका छन् । मंगलबार बसेको दश वामपन्थी दलहरुको संयुक्त बैठकले संघर्षका कार्यक्रमहरु समेत तय गरेको छ ।
संघर्षका कार्यक्रम अन्तर्गत फागुन १५ गते अन्तरक्रिया कार्यक्रम, १६ गते दबाबमुलक कार्यक्रम र २२ गते दिउँसो १२ बजे माइतीघर मण्डलाबाट संसद भवनसम्म विरोध जुलुस निकाल्ने निर्णय भएको दश दलद्वारा जारी संयुक्त वक्तव्यमा जनाइएको छ ।
संयुक्त बैठकमा नेकपा मसाल, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा राष्ट्रिय सम्मेलन आयोजक समिति, नेकपा (माओवादी केन्द्र), जन समाजावादी पार्टी, राष्ट्रिय जागरण परिषद र नेकपा संयुक्तको सहभागिगता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा