शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी समायोजन वैशाखभित्रै

बुधबार, १४ फागुन २०७६, ०७ : ४७
बुधबार, १४ फागुन २०७६

नेपाल सरकारले नेपाल प्रहरीका कर्मचारीलाई प्रदेशस्तरमा समायोजन गर्ने गरी ऐन ल्याएपछि गृहमन्त्रालयले आगामी वैशाखभित्रै समायोजन सक्ने गरी तयारी अघि बढाएको छ ।

ऐन लागू भएको एक महिनाभित्रै प्रदेश तथा केन्द्रको दरबन्दी तय गर्नुपर्ने प्रावधान अनुसार गृहमन्त्रालयले दरबन्दी यकिन गर्न तयारी अघि बढाएको हो । प्रहरीको समायोजनसम्बन्धी नयाँ ऐन ६ फागुनबाट लागू भइसकेको छ । ऐनमा उल्लेख भएअनुसार ७ चैतभित्रै समायोजनको प्रक्रिया सुरु गर्नुपर्नेछ ।

समायोजनका लागि गृहसचिव महेश्व न्यौपानेको अध्यक्षतामा संगठन संरचना तथा दरबन्दी कायम गर्न बनेको समितिले मङ्गलबारबाट काम सुरु गरिसकेको छ । मङ्गलबार बसेको समितिको पहिलो बैठकले समायोजन र दरबन्दीबारे छलफल अघि बढाएको हो ।

गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय र प्रदेश सरकारसँग आवश्यक पर्ने दरबन्दीसमेत मागेको छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप