शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालद्वारा हिंसा नियन्त्रणमा सेना परिचालन गर्न माग

बुधबार, १४ फागुन २०७६, १२ : १६
बुधबार, १४ फागुन २०७६

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन सेना परिचालनको माग गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नै सेना परिचालन गर्न माग गरेका हुन् ।

उत्तरपूर्वी दिल्लीमा भइरहेको हिंसाबारे टिप्पणी गर्दै मुख्यमन्त्री केजरीवालले तत्काल सेना परिचालन गर्न माग गरेका हुन् ।

उनले स्थिति नियन्त्रण बाहिर गएको र प्रहरीबाट शान्ति सुव्यवस्था सम्भव नभएको जनाउँदै गृह मन्त्रालयलाई सेना परिचालनका लागि आग्रह गरेका हुन् ।

उनले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘म रातभर मानिसहरुसँग सम्पर्कमा रहेँ, स्थिति निकै चिन्ताजनक छ, प्रहरी आफ्नो प्रयासका बाबजुद स्थिति नियन्त्रणमा लिन र जनताको आत्मविश्वास बढाउन असमर्थ रहेको छ, सेनालाई तुरुन्त बोलाइयोस् र बाँकी प्रभावित क्षेत्रमा कर्फ्यु लगाइयोस् । यसका लागि म गृहमन्त्री अमित शाहलाई एउटा पत्र लेख्दैछु ।’

नागरिकता संशोधन कानुनको समर्थन गर्ने र विरोध गर्ने समूहबीच दिल्लीमा हिंसात्मक झण्ड हुँदै आएको छ । हिंसात्मक घटनामा २० जनाको मृत्यु भइसकेको बताइएको छ ।

उत्तरपूर्वी दिल्लीमा दुई सय ५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमा ५६ जना प्रहरी रहेको जनाइएको छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप