शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनले वन्यजन्तुको मासु उपभोगमा प्रतिबन्ध लगायो

बुधबार, १४ फागुन २०७६, १३ : १४
बुधबार, १४ फागुन २०७६

 चीनको शीर्ष राजनीतिक निकायले सोमबार जंगली जीवको बेचबिखन तथा उपभोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

विज्ञले वर्तमान कोरोनाभाइरस प्रकोप वन्यजन्तुबाट मानिसमा सरेकोे प्रमाण देखिएको बताउँदै आएका छन् ।

सोमबार चीनको राष्ट्रिय जन–कंग्रेसको स्थायी समितिले जंगली जीवको ओसारपसार र व्यापारमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । ‘जन स्वास्थ्य तथा पर्यावरणीय सुरक्षा’को प्रतिरक्षाका लागि उक्त कदम उठाएको घोषणमा बताइएको छ । 

त्यसबाट ‘जंगली जीवको सेवनमा पूर्ण प्रतिबन्ध लगाउने’ लक्ष लिइएको समितिले बताएको छ । 

अब वैज्ञानिक अनुसन्धान, चिकित्सक तथा प्रदर्शनीको लागि वन्यजन्तुको प्रयोग गर्नु परेमा पनि ‘कठोर जाँच र स्वीकृति’को आवश्यकता पर्ने व्यवस्था गरिएको छ । 

चिनियाँ अधिकारीले यस अघि नै जनवरी २६ मा वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप