बामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने नेकपाको निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आगामी फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिँदैछ । सोही स्थानमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न नेकपाले सरकारलाई सिफारिस गर्न सुझाव दिएको हो ।
त्यस्तै बैठकमा संविधान संशोधन गर्न गठन गरेको कार्यदलका बारेमा पनि छलफल भएको छ ।
‘कार्यदल अघि नबढाउने भन्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले रातोपाटीसँग भने ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे भने कुनै निर्णय गर्न सकेन ।
यसअघि गौतमले प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन हुने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ