केन्द्रीय संस्करण

बाबुराम भट्टराईको प्रष्टीकरण : मातातीर्थको जग्गा बितरण विधिसम्मत छ

person explore access_timeफागुन १४, २०७६ chat_bubble_outline0

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले मातातीर्थ र ललिलतानिवास जग्गा प्रकरण फरक मुद्दा भएको भन्दै आफ्नो सरकारको पालामा नीतिगत र विधिसम्मत ढंगले मातातीर्थको जग्गा वितरण भएको दावी गरेका छन् ।

 उनले राजनीतिक र कानुनी रुपमै आफूले निर्णय गरेर उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको प्रष्टीकरण दिए ।  

उनले बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले राजा महेन्द्रले सूचना जारी गरेर हकपरित्याग गरेको रेकर्ड रहेको भन्दै त्यसवेला रैकर भएको जग्गा पुनः टाठाबाठाहरुले २०४६ सालमा फेरि राजाका नाममा दर्ता गरेको पाइएको जानकारी दिए । उनले सोझासाझा जनताले दर्ता गर्न नसकेको अवस्थामा आफूले उक्त जग्गा पुनः मोहीहरुलाई दिएको बताए । 

आफ्नो मन्त्रिपरिषद् बैठकले मातातीर्थ लगायतका क्षेत्रमा मोहीले कमाएको जग्गा उनीहरुलाई दिने निर्णय गरेको सत्य भएको भन्दै त्यो वर्तमान सरकारलाई ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा पनि तर्सिए’जस्तै भएको बताए । उनले ललिता निवासको जग्गा प्रकरण भूमाफियाहरुको योजनामा ‘लुट’ नै भएको भन्दै ललितानिवास प्रकरणसँग मातातीर्थको जग्गा प्रकरण जोड्न नमिल्ने बताए । 

मातातीर्थको जग्गा प्रकरणबारे फागुन ३ गते प्रधानमन्त्रीले संसदमा चर्चा गरेका थिए । उनले त्यसदिन मातातीर्थको १७२ रोपनी १५ आना सरकारी जग्गा व्यक्तिका नाममा गरिएको भन्दै छानविन गर्ने बताएका थिए । प्रधानमन्त्रीले यसो भनेपछि डा.बाबुराम भट्टराई स्थानीयलाई भेट्न मंगलबार मातातीर्थ नै पुगेका थिए । 

डा.भट्टराईले सम्पूर्ण प्रक्रिया पुरा गरेर नै आफूले निर्णय गरेको बताए । भने, ‘नेपाल ट्रस्टको सूचना अनुसार विधिसम्मत नै आफूले उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको हो ।’

डा. भट्टराईले सरकारले जोताहा गरिब किसान मोहीलाई नदिएर यति होल्डिङसलाई नै दिने हो भने त्यसवारे छुट्टै बहस गर्न सकिने भन्दै व्यङ्ग्य गरे । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.