शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा भूकम्पको शक्तिशाली धक्का

बुधबार, १४ फागुन २०७६, १५ : २४
बुधबार, १४ फागुन २०७६

जकार्ता । इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने सम्भावना नरहेको जनाएको छ ।

उक्त भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब ६१ किलोमिटर गहिराईमा थियो । पृथ्वीमै भूकम्पीय जोखिमका दृष्टिले इन्डोनेसिया सबैभन्दा सङ्कटमा रहेको मानिन्छ । सन् २०१८ मा गएको ७.५ म्याग्नीच्यूडको भूकम्पले सुलावेशीको पालुमा मात्र चार हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप