शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारी घोषणा गर्दै चन्द्र ढकालले भने–एक र एक जोडेर दुई होइन ११ बनाउँछौं

बुधबार, १४ फागुन २०७६, १६ : २२
बुधबार, १४ फागुन २०७६

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वर्तमान उपाध्यक्ष तथा आगामी नयाँ कार्यसमितिका वरिष्ठ उपाध्यक्षका दाबेदार चन्द्रप्रसाद ढकाले उद्योग, व्यवसाय तथा व्यावसायीक हकहितका लागि डटेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

बुधबार राजधानीमा एक कार्यक्रममार्फत महासंघको वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्दै उनले निजी क्षेत्रको सर्वोपरिका लागि आफूले उम्मेदवारी दिएको बताए ।

आम उद्योगी, व्यवसायी तथा निजी क्षेत्रको माया, सद्भाव तथा उत्प्रेरणाले आफूले महासंघको वरिष्ठ उपाध्यक्ष जस्तो पदमा उम्मेदवारी दिएको बताउँदै ढकालले निजी क्षेत्रको त्यो माया सद्भाव र आशामा तुषारापात हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

‘तपाईंहरु मेरा अग्रज, साथीहरु तथा सुभचिन्तकहरुकै माया, सद्भाव र प्रेरणाले मैले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको छु । तपाईंहरु विश्वस्त हुनुहोस् म त्यो माया, सद्भाव र आसा भरोसा ढल्न दिन्नँ,’ ढकालले भने, ‘तपाईंहरुको साथ रहे एक र एक जोडेर दुई होइन, ११ बनाउने गरी काम गर्नेछौं ।’

व्यवसायी ढकालले निजी क्षेत्रलाई बलियो र सशक्त बनाउनका लागि र राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

ढकालका अनुसार महासंघको कार्यसमितिमा रहेपनि नरहेपनि व्यवसायीकै हकहितमा काम गरिरहेको बताउँदै अझ सशक्त भएर जाने बताए । अबको आफ्नो भूमिका महासंघमा रहेर सरकार र निजी क्षेत्रबीचको पुलको सेतुको रुपमा रहेर काम गर्ने रहेको उनलृ बताए ।

महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुँदैछन् । यता, वरिष्ठ उपाध्यक्षको दौडमा भने ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन् । 

प्रधानले यसअघिनै महासंघका वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । 

व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको नयाँ कार्यसमिति चयनको चुनाव आगामी चैत्र २९ गते हुँदैछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप