शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न विश्वविद्यालयको ऐनमा एकरुपता कायम गर्न विधेयक’

बुधबार, १४ फागुन २०७६, २० : ०९
बुधबार, १४ फागुन २०७६

‘सरकारले विभिन्न विश्वविद्यालयको ऐनलाई एकरुपता कायम गर्ने ‘शिक्षासम्बन्धीको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७६’ ल्याएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०६३ अघि र पछिको ऐनका कतिपय विषय नमिलेकाले त्यसलाई मिलाउन विधेयक ल्याइएको सदनलाई जानकारी दिए । 
शिक्षामन्त्री पोखरेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । सो विधेयक बैठकले पारित गरेको हो ।

उक्त विधेयक विसं २०७५ मा ल्याइएको थियो । राष्ट्रियसभा र प्रतिनिधिसभामा छलफलपछि केही परिमार्जन भएर अहिले पुनः आएको विधेयक पारित गर्नुपूर्व विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले विगतका विभिन्न ऐनलाई संविधान अनुकूल बनाइ एकरुपता कायम गर्न विधेयक आवश्यक रहेको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप