मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा रुपन्देहीमा दुई स्ट्रिङ अपेशन: वडा अध्यक्षदेखि उच्च उदालतका कर्मचारीसम्म पक्राउ

बुधबार, १४ फागुन २०७६, २१ : ००
बुधबार, १४ फागुन २०७६

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले रुपन्देहीमा आज दुईवटा स्ट्रिङ अप्रेशन गरेको छ । सोही अप्रेशनबाट  रुपन्देहीमा अलग–अलग स्थानमा घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसाल रातोपाटीलाई जानकारी दिए । चौकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा यादव पक्राउ परेका हुन् ।

त्यसैगरी, उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार घुससहित पक्राउ परेका छन् । बन्दीप्रत्यक्षीकरणको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा आज दिउँसो यादव पक्राउ परेका हुन् ।  पक्राउ परेका दुवैजनालाई अहिले बुटवल कार्यालयमा बयान लिने क्रम चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप