क्रिकेट टोली बिहीबार थाइल्याण्ड जाँदै
काठमाडौं । थाइल्याण्डमा यही फेब्रुअरी २९ देखि मार्च ६ तारिखसम्म आयोजना हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली बिहीबार थाइल्याण्ड जाने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई बुधबार एक कार्यक्रमबीच विदाई गरेको छ । प्रतियोगिताको लागि क्यानले यसअघिनै १४ सदस्सीय नेपाली टोलीको घोषणा पनि गरिसकेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, पारस खड्का, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल, क्यानका सचिव अशोक नाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह लगायतले विदाई गरे ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रतियोगिताको खेल तालिका यसअघिनै सार्वजनिक गरिसकेको छ । नेपालले पहिलो खेल फेब्रुअरी २९ मा मलेसियासँग खेल्नेछ । नेपालसहित आयोजक थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी प्रतियोगितामा नेपालले दोस्रो खेल मार्च १ मा हङकङ, तेस्रो खेल मार्च ४ मा थाइल्याण्ड र अन्तिम खेल मार्च ६ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै