नेकपाको गण्डकी प्रदेशस्तरीय बैठक टुङ्गियो, २० प्रस्ताव पास
पोखरा । नेकपाको गण्डकी प्रदेशस्तरीय बैठक टुङ्गिएको छ । पोखराको सभागृहमा २ दिनसम्म चलेको बैठकले १३ सदस्यीय सचिवालय कमिटी गठन गरिएको छ । प्रदेश कमिटीका अध्यक्ष र सचिवसहित ११ जिल्लाका अध्यक्षहरुसहितको १३ सदस्यीय सचिवालय कमिटी गठन गरिएको नेकपा कास्कीका सह—इन्चार्ज श्रीनाथ बरालले जानकारी दिए ।
यस्तै, बैठकमा कार्यालयदेखि अरु कार्यविभाजन पछि गर्ने गरि बैठक टुंगिएको उनले बताए । बैठकमा सदस्यहरुले राखेका २० प्रस्तावलाई छलफल गरेर बैठकले पास गरेको उनले जानकारी दिए । हिजोको बैठकमा प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले प्रस्तुत गरेको प्रतिवेदन माथि १२ वटा ग्रुप विभाजन गरेर छलफल पनि चलाइएको थियो । छलफलबाट उठेका प्रश्नमाथि पाण्डेले सवालजवाफ गरेका थिए ।
पार्टीको संगठन विस्तारमा केन्द्रित प्रदेश कमिटी बैठकले केन्द्रिय कमिटीले निर्देशन दिएको ३ महिने अभियान सफल पार्न र संगठन विस्तारमा केन्द्रित रहेको अध्यक्ष पाण्डेले जानकारी दिए । बैठकले गरेको निर्णयअनुसार प्रदेशका ११ जिल्लाका सदरमुकाममा एकैचोटी सरसफाई अभियानको कार्यक्रम लिएर पुग्ने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन