शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शेर्पा समुदायमा ग्याल्बो ल्होसारको रौनक, १२ तस्बिरमा हेरौं

बुधबार, १४ फागुन २०७६, २२ : ४५
बुधबार, १४ फागुन २०७६

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम गरी आज मनाइएको छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाउने गर्दछन् । ग्याल्बो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । यसैक्रममा बुधबार काठमाडौंको जोरपाटीस्थित बौद्ध गुम्बामा पनि शेर्पा समुदायले ग्याल्बो ल्होसार पर्व धुमधामका साथ मनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप