सारापोभाद्वारा सन्यासको घोषणा
विश्व प्रख्यास रसियन टेनिस सुन्दरी मारिया सारापोभाले टेनिस खेलबाट सन्यासको घोषणा गरेकी छन् । पछिल्लो समय चोटका कारण खेल्न नसकेकी सारापोभाले आफु खेलका लागि फिट नभएको भन्दै सन्यास लिने बताएकी हुन् ।
पाँच पटककी ग्रान्डस्लाम विजेता सारापोभा काँधको चोटबाट पिडित छन् । सन् २००४ मा १७ बर्षको उमेरमा पहिलो ग्रान्डस्लाम जितेकी सारापोभाले त्यसपछि कोर्टमा तहल्का पिटिन् । सन् २०१६ मा मेल्डोनियम नामक प्रतिबन्धित औषधि प्रयोग गरेको भन्दै उनलाई १५ महिना प्रतिबन्ध गरिएको थियो । प्रतिबन्धपछि पुनः टेनिसका फर्किएकी सारापोभालाई पुरानै फर्ममा आउन गाह्रो भयो ।
चोटकै कारण ३२ बर्षकै उमेरमा उनले कोर्ट छाड्ने संकेत गरेकी हुन् । सारापोभाले एक म्यागाजिनमा लेग लेग्दै अब टेनिस खेल्न नसक्ने बताएकी छन् । उनले भनेकी छन्–‘म टेनिसका लागि नयाँ हुँ । पछिल्लो समय टेनिस मेरो लागि पहाड भयो । मलाई माफ गर्नुहोस् । म गुडवाई भन्न चाहन्छु ।’
पूर्व विश्व नम्बर एक सारापोभाको वरियता पछिल्लो समय खस्किएर तीन सय ७३औं स्थानमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ