बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

बिहीबार, १५ फागुन २०७६, ११ : ३८
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । काठमाडौं, सुर्खेत, कपिलवस्तु,उदयपुर र मकवानपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न लागूऔषध तथा लागूऔषध खरिदविक्री गर्न प्रयोग भएको नगद समेत प्रहरीले वरामद गरेको छ । 

काठमाडौंको कोटेश्वरबाट अवैध लागूऔषध गाँजा २ केजी र नगद ८ लाख ६४ हजार ७ सय २० रुपैयाँ सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका-७ घर भई हाल कोटेश्वर बस्ने २१ वर्षीय अबिनाश साह,धादिङ घर भई हाल ललितपुर पुल्चोक बस्ने २८ वर्षीया बिन्दु तामाङ र सुनसरी सप्तकोशी घर भई हाल कोटेश्वर बस्ने ३० वर्षीया संगिता यादव रहेका छन् । महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सुर्खेतको बीरेन्द्रनगर नगरपलिका-८ बस्ने राकेश गन्धर्व लगायत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर३ ग्राम २ सय ४० मिलिग्राम, नाइट्रोभेट४५ ट्याव्लेट र नगद ४६ हजार २ सय ९० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । राकेशको घरमा लागूऔषध बिक्रीबितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई लागूऔषध बिक्रीबितरण गरिरहेको अवस्थामा उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यता कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बाट अवैध लागूऔषध चरेश करिब ७ केजी ५ सय ग्राम सहित शिवराज नगरपालिका-९ बिजौरी बस्ने २६ वर्षीया योजना न्यौपाने समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

उदयपुरको बेलका नगरपालिका-३ चिलिया टप्पु बस्ने २९ वर्षीय श्याम माझी समेत ७ जनालाई पनि प्रहरीले अवैध लागूऔषध गाँजा करिब ४ केजी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित कैलाश गाउँपालिका-६ भार्ताबस्ने ३२ वर्षीय सुशिल कुमार स्याङ्वोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले नारायणगढबाट बीरगंजतर्फ जाँदै गरेको ना.६ ख ५३२नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार स्याङ्वोलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप