बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकताले अप्ठ्यारो स्थिति सिर्जना भएको छ: ईश्वर पोखरेल

बिहीबार, १५ फागुन २०७६, १४ : ०३
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । उपप्रधानमन्त्री एवम् नेकपाका नेता  ईश्वर पोखरेलले  पार्टी एकताले अप्ठ्यारो स्थिति सिर्जना भएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।  

कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको आचरणले वर्तमानमा समस्या ल्याएको दाबी गरे । उनले भने, ‘विगतले केही दिनेवाला छैन । विगतले शिक्षा मात्र दिने हो । पार्टी एकताबाट मत मिल्यो तर मन मिलेन । एकतामा एताउता  गर्ने कुरा स्वीकार्य छैन ।’

पोखरेलले सही विचारबाट निर्देशित नभएको पंक्ति दिशाविहीन हुने बताउँदै दुवै पार्टीको विचार अङ्गाल्दा समस्या आएको बताए । उनले भने, ‘त्यसैले पार्टी एकताले अलि अलि अप्ठ्यारो भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप