शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न नौ मुद्दाका नौ प्रतिवादी फरार

बिहीबार, १५ फागुन २०७६, १४ : १४
बिहीबार, १५ फागुन २०७६

लमजुङ । सात महिनामा विभिन्न मुद्दाका नौ प्रतिवादी यहाँबाट फरार भएका छन् । बेँसीशहरमा रहेको जिल्ला अदालतले विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला गरेका ती प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीले जानकारी दिए ।

लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैधरूपमा काठ ओसारपोसारलगायतका मुद्दाका ती पुरुष प्रतिवादी फरार रहेको उनले  बताए । त्यस्तै गत आव २०७५÷७६ मा  विभिन्न मुद्दाका १२ प्रतिवादी फरार रहेका थिए । फरारमध्ये कर्तव्य ज्यान, बालविवाह, लागुऔषध, नकबजनी चोरी, अवैधरुपमा काठ ओसारपोसार, जबर्जस्ती करणीलगायतका मुद्दाका रहेको थिए । उनका अनुसार फरार प्रतिवादी सबै पुरुष छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप