बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

बिहीबार, १५ फागुन २०७६, १९ : ३८
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– १९ बस्ने पूर्णीमा श्रीष रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उपरीक्षक सिंहका अनुसार उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा खाना प्याकिङको काममा आकर्षक तलब पाइने लोभ देखाएर तीन जनाबाट ३८ लाख पचास हजार  रुपैयाँ ठगी गरेको खुल्न आएको छ । 

पीडितले गत माघ २८ मा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको उनले जानकारी दिए । श्रीषलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाइएको महाशाखाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप