शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्य सबै खालका नकारात्मक पाटोलाई चिर्ने सशक्त औजार: मन्त्री भट्टराई

शुक्रबार, १६ फागुन २०७६, १३ : ०६
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड््डयनमन्त्री योगेश भट्टराईले साहित्य सिर्जना मार्फत् सामाजिक तथा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनु पर्ने धारणा राखेका छन् । गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सवको शुक्रबार उद्घाटन गर्दै मन्त्री भट्टराईले सबै खालका नकारात्मक पाटोलाई चिर्ने सशक्त औजार साहित्य भएको बताए ।

अन्धकारमा रुमल्निे साहित्यको अबको समयमा कुनै अर्थ छैन’ मन्त्री भट्टराईले भने । बेग्लै प्रसङ्गमा मन्त्री भट्टराईले देशले राजनीतिक निकास पाएको वर्तमान अवस्थामा आर्थिक विकास सबैको साझा एजेण्डा हुनुपर्ने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउँदै मन्त्री भट्टराईले मुलुक समृद्धितर्फ अघि बढिरहेको दाबी गरे । वागमती प्रदेशका भौतिक, पूर्वाधार मन्त्री रामेश्वर फुयालले साहित्यलाई पनि उत्पादनको क्षेत्र बनाउनु पर्ने धारणा राखे । प्रतिनिधिसभा सदस्य कृष्ण राईले साहित्यमार्फत् नै चेतनाको स्तरवृद्धि हुने बताए । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकामा चाँडै नगर प्रज्ञा परिषद् गठन गरिने जानकारी गराए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले नेपाली साहित्यको स्तरवृद्धिका लागि प्रतिष्ठान क्रियाशील रहेबो बताए । प्राज्ञ डाक्टर देवी नेपालले स्थानीय तहकै आयोजनामा देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव हुनु गौरवको विषय भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप