शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महासचिव मैनालीको स्वास्थ्य अवस्था सुधार हुँदै

शुक्रबार, १६ फागुन २०७६, १३ : १२
शुक्रबार, १६ फागुन २०७६

महोत्तरीको बर्दिवासमा सवारी दुर्घटनामा परि घाइते भएका नेकपा (माले) का महासचिव सिपी मैनालीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले छ । बिहीबार महासचिव मैनाली परिवारसहित झापाबाट काठमाडौं फर्किने क्रममा सवार बा ७ च २१३० नम्बरको कारलाई ना ४ च ७६६८ नम्बरको पिकअपले बर्दिवास कालापानीमा ठक्कर दिँदा घाइते भएका थिए ।

दुर्घटनामा परि घाइते भएका महासचिव मैनालीको ढाडको हड्डी भाँच्चिएको, मुख र टाउकोमा चोट लागेको हुँदा उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ । मैनालीको स्वास्थ्यमा सुधार हुँदै गएको छ भने अझै हप्ता दिनसम्म अस्पतालमा राख्नु पर्ने अस्पताल स्रोतले जनाएको छ ।

सवारी दुर्घटनामा महासचिव मैनालीसहित उनका छोरा सरोज बुहारी पूजा र नाती एन र सवारी चालक रामप्रसाद पौडेलसमेत घाइते भएका छन् । मैनालीको बुहारीको दुवै खुट्टा भाँचिएको छ । मैनाली र उनकी बुहारीको बिहीबार नै शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।


उनीहरुलाई दुर्घटना पछाडि बर्दिवासमा प्राथमिक उपचारपछि हेलिकप्टरमा  मार्फत काठमाडौँमा ल्याइएको थियो । महासचिव मैनाली सवार कार दुर्घटाना अस्वभाविक तथा नियोजित ढङबाट भएको नेकपा (माले) पे्रस विज्ञप्तिमा उल्लेख गरेको छ ।

बिहीबार पार्टीका प्रवक्त कुमार बेलबासेद्वारा हस्ताक्षरित विज्ञप्तिमा सवारी दुर्घटना नियोजित भएको भन्दै   सत्य, तथ्य छानबिन गरि दोषीलाई कार्वाहीको माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप