शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मालपोतमा घुसखोरी घट्यो, घुसखोरीका कारक सेवाग्राही: मन्त्री अर्याल

शुक्रबार, १६ फागुन २०७६, १३ : २४
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आफूले मन्त्रालय सम्हालेपछि मालपोत कार्यालयमा घुसखोरी घटेको बताएकी छिन् । मन्त्रालय सम्हालेको २ वर्ष पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री अर्यालले मालपोत कार्यालयमा घुसखोरी बढ्नुको कारक सेवाग्राही भएको उल्लेख गरिन् । सेवाग्राहीले काम छिटो गराउनका लागि घुस दिने गरेका कारण मालपोत कार्यालयमा घुसखोरी बढेको उनको भनाई छ । 

मन्त्री अर्यालले सरोकारवालासँग छलफल गरेर गुठी विधेयक अघि बढाउन लागेको जानकारी दिइन् । यसका लागि सरोकारवालासँग ४ पटक छलफल गरेको बताउँदै मन्त्रालयको कुरामा उनीहरुले सहमति जनाएको दावी गरिन् ।  उपत्यकामा गुठी सम्बन्धी विशेष परिस्थिति रहेकाले भोली विरोध नआओस् भनेर सुझाव समिति बनाएको जानकारी दिइन् । 

यस्ता छन् मन्त्रालयका २ वर्षका उपलब्धि 

भूमि व्यवस्था, सहकारी मन्त्रालयले विगतमा व्यक्तिको नाममा दर्ता हुन गएको २ सय ६४ बिघा ५ कट्ठा १५ धुर जग्गा फिर्ता गरी सरकारको नाममा ल्याएको बताएको छ । यस्तै, सरकारको नाममा कायम गर्न १३ बिघा १८ कट्ठा ११ धुर जग्गा रोक्का राखेको बताएको छ । 

मन्त्री अर्यालको कार्यकालमा भएका प्रमुख उपलब्धी समेटिएको पुस्तिकामा हदबन्दीभन्दा बढी रहेका १० हजार १ सय ९२ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गर्न रोक्का गरिएको जनाइएको छ ।  यस्तै जग्गा पुन नापजाँच गरी ४८ हजार ६ सय ९० जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको छ । नेपाल भारत सीमाका १ हजार ९३ सीमा स्तम्भ निर्माण र ८ सय ९० सीमा स्तम्भ मर्मत सम्भार गरिएको मन्त्रालयले जनाएको छ । 

यस्तै ३ हजार ८ सय ९२ मुक्त हलिया परिवारलाई पुनस्र्थापना गरिएको र २७ सय मुक्त कमैया परिवारलाई काठ खरिद बापतको अनुदान उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप