शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेरो सपना अभिनयमा चिनिनु हो – परिसा

शुक्रबार, १६ फागुन २०७६, १५ : ०२
शुक्रबार, १६ फागुन २०७६

काठमाडौँ । परिसा रानाभाट ‘मिस हेरिटेज पेजेन्टस् नेपाल २०२०’ की विजेता हुन् । केही दिन पहिले राजधानीमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको क्राउन लगाउन सफल उनी मलेसियामा केही समयपछि आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस २०२०’ मा नेपालको प्रतिधित्व गर्दैछिन् । जसका लागि उनी अहिले आफ्नो प्रतिभा निखार्न विभिन्न प्रशिक्षणदेखि भिडियो निर्माणसम्म व्यस्त छिन् ।

काठमाडौँ प्रयास नगर टोखा निवासी उनी केही समय पहिले यूएसएबाट एकाउन्ट विषयको अध्ययन सकाएर फर्किएकी हुन् । फिल्म अभिनय, फेसन डिजाइनसमेत आफ्नो रुचिको विषय भएको बताउने उनी मलेसियाको ‘हेरिटेज पेजेन्टस् २०२०’ नेपाली कलासंस्कृतिको जानकारी गराउँदै नेपालको नाम उच्च राख्ने आफ्नो प्रयास रहने बताउँछिन् । यिनै सुन्दरी परिसा रानाभाटसँग यस्ता छन् रातोपाटीको दस प्रश्न ।

मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस २०२०’ मा  प्रतिनिधित्व गर्दै हुनुहुन्छ । कस्तो लागिरहेको छ ?

पहिलो त मलाई उक्त कार्यक्रममा पठाउन लागेको ग्रिनआर्ट मिडियालाई धन्यवाद भन्न चाहान्छु । उक्त प्लेटफर्म मेरा लागि धेरै ठूलो अवसर र चुनौतीको विषय हो । प्रतियोगितामा म आफूभन्दा पनि नेपाल जाँदैछु । त्यसैले त्यहाँ म व्यक्तिभन्दा पनि नेपालको रूपमा चिनिने छु । नेपालको नाम उच्च गर्न मैले धेरै राम्रो प्रस्तुति दिनुपर्छ । यसका लागि सबै पक्षबाट सहयोगको अपेक्षासमेत गरेकी छु ।

कस्तो तयारी भइरहेको छ ? 

प्रतियोगिताका लागि आवश्यक विभिन्न ट्रेनिङ लिँदैछु । ट्रेनिङमा हिँड्नेदेखि बोल्नेसम्मका कुरा सिकिरहेकी छु । नयाँ खालका नेपाली संस्कृति झल्कने चलनचल्तीमा भन्दा केही फरक ड्रेसहरु बनाउँदैछु । प्रतियोगितामा देखाउने नेपालका प्राकृतिक सौन्दर्यसमेत झल्कने भिडियो निर्माण गर्दैछु । जुन भिडियोले नेपालप्रति प्रर्यटक पनि आकर्षित गर्नेछ ।

राम्री कस्तोलाई भन्ने ?

आकर्षक सुन्दर अनुहार, मिलेको जिउडालसहित उसमा विभिन्न ट्यालेन्ट पनि छ भने त्यो व्यक्ति सुन्दर हो ।

मनपर्ने फेसन ?

अहिलेका पिढीले जेजस्तो फेसन पनि मिलाएर लगाउनुपर्छ । यो मन पर्दैन लगाउदिनँ भन्न मिल्दैन । नेपाली नारीलाई धेरै सुहाउने पहिरन भनेको सारी हो । म जे लगाए पनि राम्री देखिन्छु । कहाँ जाने हो त्योअनुसार पहिरन लगाउन रुचाउँछु । मेरो फेबरेट ड्रेस वान पिस नै हो । यो पहिरन इजि लाग्छ ।

फुर्सदका समय ?

मेरा लागि सबैभन्दा महत्त्वपूर्ण फ्यामिली हो । फुर्सदको समय उहाँहरुसँग बिताउँछु । बुबासँग अनुभवका कुराहरु सेयर गर्छु । करियर अगाडि बढाउने विषयमा छलफल गर्छु । साथीभाइसँग घुम्न पनि मनपर्छ । साथीहरुसँग प्राकृतिक सौन्दर्यले भरिएको ठाउँमा वनभोज जान मनपर्छ ।

सपना ?

अहिले एकाउन्ट विषयको अध्यायन सकाएर कम्प्युटर साइन्समा इन्जिनियरिङ अध्ययन गर्दैछु । यसको अलवा फेसन डिजाइनर पढ्ने धेरै रुचि छ । यिनै हुन् सपना ।

कस्ती केटी ?

अलि अलि जिद्दी खालकी छु । आफूले केही कुरा गर्नुछ भने रातदिन मिहिनेत गरेर भए पनि पूरा गर्नैपर्छ ।

मनपर्ने केटा ?

परिवारप्रति आस्था र विश्वास गर्ने । मोडल टाइपको, मलाई धेरै माया गर्ने, ख्याल गर्ने, काम र उद्देश्यका सपोर्ट गर्ने ।

अभिनयमा रुचि पनि होला ?

अभिनयमा आउन मन छ । त्ससका लागि आफूलाई तयार गरेकी छैन । अभिनयमा चिनिनु पनि मेरो अर्काे ठूलो सपना पनि हो ।

प्रेम ?

छैन, छैन । अध्ययन र कामको व्यस्ततामा जीवन दौडिरहेको छ । यस्तो अवस्थामा ब्वाइफ्रेन्डतिर सोच्ने फुर्सदै भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप