शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खुमलटार र नयाँबस्ती विजयी

शुक्रबार, १६ फागुन २०७६, १८ : १०
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । शहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुक्रबार खुमलटार युवा क्लब र नयाँबस्ती युवा क्लब विजयी भएका छन । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको पहिलो खेलमा खुमलटारले आरसीटी क्लबलाई ३–० गोलले हरायो । लिगमा खुमलटारको यो दोस्रो जित हो ।

खुमलटारलाई जिताउन सविन केसीले दुई तथा महेश राईले एक गोल गरे । १० खेलाडीमा समेटिएको आरसीटी गोलरहित हार खेप्न बाध्य बन्यो । ३९ औं मिनेटमा कप्तान अमर डंगोल रातो कार्ड पाउँदै बाहिरिएपछि आरसीटी कमजोर बनेको थियो । जसको फाइदा खुमलटारले उठायो ।

अर्को खेलमा नयाँबस्ती युवा क्लबले झम्सिखेल युवा क्लबलाई ५–१ गोलले हरायो । लिगमा ‘बी’ डिभिजनका १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ । पुछारको एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।

यसको साथै लिगको विजेताले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप