एनइएलटीएको अध्यक्षमा जनक रावल चयन
शुक्रबार, १६ फागुन २०७६, २० : ५८
काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (एनइएलटीए) को अध्यक्षमा जनक रावल चयन भएका छन् ।
फागुन १५ गतेदेखि काठमाडौंमा प्रज्ञा भवनमा भएको एनइएलटीएको दोस्रो केन्द्रीय महाधिवेशनबाट सर्वसम्मत रुपमा दोस्रो कार्यकाल पनि रावल अध्यक्ष चुनिएका हुन् ।
यस्तै वरिस्ठ उपाध्यक्षमा लोकबहादुर शाही, खुला उपाध्यक्ष पुष्कर नेपाल ,समावेशी उपाध्यक्षहरु युगल किशोर सिंह, दिपेन्द्र परियार, दिलमाया श्रेष्ठ , राधा भुसाल भण्डारी, छवि भट्टराई, लक्ष्मण घिमिरे चयन भए ।
यता महासचिव सुरेशकुमार श्रेष्ठ, उप–महासचिव सुमन कुमार चौहान, कोषअध्यक्ष असोज थामा अर्याल लगायत ४९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ्र । महाधिवेशनको उद्घाटन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै