बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकालाई शिक्षामा उचित अवसर दिइनुपर्छ : मन्त्री भट्टराई

शुक्रबार, १६ फागुन २०७६, २१ : ३०
शुक्रबार, १६ फागुन २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले समृद्ध मुलुक निर्माणका लागि बालबालिकालाई शिक्षामा उचित अवसर दिइनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राष्ट्र निर्माण गर्ने योग्य र सक्षम नागरिक उत्पादन गर्ने मुख्य थलो विद्यालय भएकाले विद्यालयले नै विद्यार्थीलाई हरेक क्षेत्रमा उचित अवसर दिनुपर्ने बताए ।

सक्षम नागरिक उत्पादन गर्न यस विद्यालयले ठूलो योगादन दिएको स्मरण गर्दै उनले आगामी दिनमा पनि विद्यालयबाट सोही आशा गरेको बताए ।

सोही विद्यालयका अभिभावक तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अक्सिडेन्टल स्कुलले अत्यन्त न्यून शुल्कमा पनि गुणस्तरीय शिक्षा दिएको भन्दै सराहना गरे ।

भूकम्पबाट प्रभावित विद्यालयको पुनःनिर्माण आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उनले भौतिक संरचनामा विद्यालय कहिल्यै पछि पर्न नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप