‘इन्डियन–२’ को शुटिङका क्रममा मृत्यु भएकाका परिवारलाई १ करोड दिने घोषणा
शनिबार, १७ फागुन २०७६, ०८ : १९
बलिउड निर्देशक एस शंकरले ‘इन्डियन–२’ को सेटमा भएको दुर्घटनामा मृत्यु भएकाका परिवारलाई जनही १ करोड भारु दिने घोषणा गरेका छन् ।
निर्देशक शंकरले सेटमा ज्यान गुमाएका तीन जना प्राविधिक कृष्णा, मधु र चंद्रनका परिवारलाई आर्थिक सहयोग स्वरुप उक्त रकम दिन लागिएको बताएका हुन् ।
उनले भने, ‘परिवारलको लागि यो सहयोग ठूलो नभएपनि सहयोग स्वरुप १ करोड दिने घोषणा गरेको हुँ ।’ उनले सेट सुरक्षित हुँदा हुँदै पनि भएको दुर्घटनामा विश्वास गर्न मुश्किल भएको बताएका छन् ।
ईभीपी फिल्म सेटमा गत फेब्रअरी १९ को रातमा सेटमा क्रेन भाँचिएर तीन प्राविधिकको मृत्यु भएको थियो । जसमा १२ जना घाइते भएका छन् ।
दुर्घटनामा अभिनेता कमल हसन, अभिनेत्री काजल अग्रवाल र निर्देशक एस शंकर पनि घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना