कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा अघि बढाउन केजरीवालको अनुमति
एजेन्सी : दिल्ली सरकारले जवाहारलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा सन् २०१६ फेब्रुअरी ९ को एक कार्यक्रममा देशविरुद्ध नारा लगाएको भन्दै कन्हैया कुमारमाथि परेको मुद्दा अघि बढाउने निर्णय गरेको छ ।
सन् २०१६ फेब्रअुरी ९ को जेएनयू विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा देशविरोधी नारा लगाएको भन्दै विद्यार्थी संघका तत्कालीन अध्यक्ष कन्हैया कुमारसहित दस जनाविरुद्ध देशद्रोहको आरोप लागेको छ ।
यसअघि दिल्ली सरकारले प्रहरीलाई मुद्दा दर्ता गर्न अनुमति दिएको थिएन । अब अनुमति पाएपछि कन्हैयामाथि देशद्रोहको मुद्दा अघि चलाइनेछ ।
फास्ट ट्रयाक अदालतमा मुद्दा चलाउः कन्हैया
दिल्ली सरकारले देशद्रोहको मुद्दा अघि बढाउन अनुमति दिएपछि प्रतिक्रिया दिने क्रममा कन्हैयाले मुद्दाको सुनुवाई फास्ट ट्रयाक अदालतमा हुनुपर्ने बताए ।
फास्ट ट्राक अदालतबाट हुने सुनुवाईपछि मात्र सम्पूर्ण देशले देशद्रोहको मुद्दा कसरी दुरुपयोग भइरहेको छ भन्ने थाहा पाउने कन्हैयाले बताए ।
कन्हैयाले यो मुद्दा राजनीतिक रुपमा प्रेरित भएको बताउदै भने ,‘विगतमा जब म चुनावमा उठ्दा यो मुद्दा हालिएको थियो । अहिले पुनः विहार चुनाव हुन लागेपछि मुद्दा अघि बढेको छ ।’
कन्हैया कुमार र उनका साथीमाथि ९ फेब्रअुरी २०१६ को कार्यक्रममा देश विरोधी नारा लागेको आरोप लागे पनि मुद्दा भने १४ जनवरी २०१९ मा हालिएको थियो ।
तथापि ९ फेब्रुअरीको दिनको कार्यक्रममा देश विरोधी नारा लगाएको भनेर सार्वजनिक भिडियोमा रहेको नारापछि थपिएको अध्ययनले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई अनुगमनका लागि दिईएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश
-
रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे