शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुलको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम

आइतबार, १८ फागुन २०७६, ०७ : ५२
आइतबार, १८ फागुन २०७६

प्रिमियर लिगको पूर्ण सिजनमा अपराजित रहँदै लिग उपाधि जित्ने सपनालाई रेलिगेसनबाट बच्न सङ्घर्षरत वाटफोर्डले तोडिदिएको छ । यसअघि इङ्लिस प्रिमियर लिगमा ४४ खेलमा अपराजित रहेको लिभरपुल वाटफोर्डसँग ३–० ले स्तब्ध बनेको हो ।

लिगमा लिभरपुलले पछिल्लो पटक सन् २०१९ को जनवरीमा पराजित भएको थियो । त्यतिबेला लिभरपुल सिटीसँग हारेको थियो । यसपटक लिभरपुललाई हराउन वाटफोर्ड इस्मालिया सारले दुई तथा कप्तान ट्रोय डिनेले एक गोल गरे ।

लिभपुरलले शनिबारको खेलअघि लिगमा लगातार १८ खेलमा जीत हासिल गरेको थियो । हिजोको खेल जितेको भने त्यो नयाँ कीर्तिमान हुने थियो तर लिभरपुल पराजित हुन पुग्यो ।

पराजयका बावजुद लिभरपुलले शीर्ष स्थानमा अझै २२ अंकको अग्रता कायम राखेको छ । २८ खेलबाट लिभरपुलको ७९ अंक रहेको छ । दोस्रो स्थानमा रहेको सिटीको २७ खेलबाट ५७ अंक रहेको छ ।

शनिबार भएको अन्य खेलमा चेल्सीले बोर्नेमाउथविरुद्ध सङ्घर्षपूर्ण बराबरी खेलेको छ । चेल्सीलाई अङ्क दिलाउन मार्को अलोन्सोले दुई गोल गरे ।

खेलको ३३ औँ मिनेटमा अलोन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए पनि दोस्रो हाफमा ३ मिनेटको अन्तरमा जेफ्रेसन लेर्मा र जोसुवा किङले गोल गर्दै बोर्नेमाउथलाई अग्रता दिलाए । खेलको ८५ औँ मिनेटमा अलोन्सोले बराबरी गोल फर्काएपछि खेल २–२ को बराबरीमा सकियो ।

जीतपछि चेल्सी ४५ अंकसहित लिगको चौथो स्थानमा कायम छ ।

अन्य खेलमा साउथह्याम्पटन वेस्टह्यामसँग ३–१ ले पराजित भयो भने क्रिस्टल प्यालेसले ब्राइटनलाई १–० ले हरायो । न्युक्यासल र बर्नलीले गोलरहीत बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप