बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलीलाई देउवाको प्रश्न: अडियो नक्कली भन्नुभयो, बोलीको विश्वसनियता कमजोर भएन ? (भिडियो सहित)

आइतबार, १८ फागुन २०७६, १३ : ५७
आइतबार, १८ फागुन २०७६

काठमाडौं । प्राणघातक कोराना भाइरस ५० बढी देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  नेपाल पनि उच्च जोखिममा रहेको जनाइसकेको छ । यसबारेमा सरकारलाई सम्पूर्ण प्रबन्ध गर्न आग्रह र अनुरोध गर्दैछु । स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई कोरानाको संक्रमणबाट जोगिन विशेष सर्तकताका लागि अपिल गर्दैछु ।

अहिले सबैभन्दा बढी उठेको इस्यु सेक्युरेटी प्रेस प्रिन्टङ छ । सञ्चारमन्त्रीले ७० करोड कमिसन मागेको अडियो सर्वजनिक भएको एकहप्ता पुगिसक्दा पनि गम्भीर छानविन नहुनुको पछाडि के नियत छ ? जो गम्भीर छ । सञ्चारमन्त्रीले हामीलाई कति आउँछ भनेर बोलेको सुनिन्छ । म सम्मानीय प्रधानमन्त्रीलाई के सोध्न चाहन्छु भने हामी भनेर कसलाई भनेका हुन् । हामीभित्र को–को पर्दछन् प्रष्ट गर्नु होस् । त्यो अडियो छानविन हुनुपर्छ ।

छानविन गर्ने निकाय छानविन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो । त्यसले छानविन प्रभावित हुन्छ कि हुँदैन ? छानविन हुनुभन्दा पहिले नै तपाईँले निर्णय दिनुभयो भने तपाईका बोलीको विश्वसनियता कमजोर भएन ? यस्तै नेपाल ट्रस्टको श्वेतपत्र सेक्युरेटी प्रेस प्रिन्टिङ खरिदमा ७० करोड कमिसन मागेको अडियोबाट मुलुकको ध्यान मोड्ने प्रत्यन भइरहेको छ ।

गोकर्ण रिर्सोट लिज प्रकरणबाट ध्यान मोड्ने प्रयत्न भइरहेको छ । नेपाल टेलिकममा अरबौँ भ्रष्टाचार भएको कुरा आएको छ । एनसेलले ४ अरबमा सकेको काम नेपाल टेलिकमलाई १२ अरब कसरी लाग्यो ? म प्रधानमन्त्रीको मन्त्रिपरिषद बैठकबाट मेरो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रस्टको जग्गा लिजमा दिने सम्बन्धी कुनै निर्णय भएको छैन ।

राजनीतिक पूर्वाग्रह बस मेरो नाम कही पनि नजोडिएको विषयमा जोड्ने षड्यन्त्रप्रति गम्भीर आपति छ । सरकारले पेट्रोलियम पदार्थमा कर बढाएर जनतालाई थप करको भार बढाउने काम गरेको छ । जनतामाथि करको भार बढाउने कुरा रोक्न म अनुरोध गर्दछु ।

(आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा संघीय संसदको प्रतिनिधिसभालाई गरिएको सम्बोधन)  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप