बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डलाई जुत्ता प्रहार गर्ने को हुन् रतन तिरुवा ?

आइतबार, १८ फागुन २०७६, १६ : ५७
आइतबार, १८ फागुन २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्वोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको हो । तर तिरुवाले प्रहार गरेको जुत्ता मञ्चसम्म भने आइपुगेन । प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरिरहेको भिडियो उनको सचिवालयले फेसबुकमा लाइभ गरिरहेको थियो ।

जुत्ता प्रहार गर्ने तिरुवालाई तत्काल सुरक्षाकर्मीलाई पक्राउ परेको गरेको छ । तिरुवा जुम्ला निवासी हुन् । उनको विस्तृत पहिचान नखुलेपनि उनको फेसबुक आइडीमा उनी सिभिल इन्जिनियर रहेको खुलेको छ । त्यस्तै तिरुवाले आफ्नो फेसबुक पेजमा मार्क्सको फोटो समेत राखेका छन् । 

उनले फेसबुकमा गरेका पोस्टहरुमा कम्युनिस्ट आन्दोलनप्रति वितृष्णा जगाएको देखिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप