बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साहित्य महोत्सवमा बाबुराम भट्टराई र प्रदिप गिरीको घम्साघम्सी

आइतबार, १८ फागुन २०७६, २३ : ३५
आइतबार, १८ फागुन २०७६

-टंक कुँवर 
कैलाली । विश्व नेपाली साहित्य महोत्सवमा नेपालका चर्चित दुई राजनीतिक हस्तीको घम्साघम्सी चलेको छ । सुदुरपश्चिम प्रदेशमा सञ्चालित महोत्सवमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र प्रतिनिधिसभा सदस्य तथा काँग्रेस नेता प्रदीप गिरीबीच सो विधामा घम्साघम्सी चलेको हो । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बावुराम भट्टराईले राजनीतिलाई समाजमा रहेको वर्ग–समुदायको पक्षमा निष्पक्षताका साथ कर्म गर्नसँग जोडेर विश्लेषण गरे । उनका अनुसार राजनिति वहुआयामिक पक्ष हो ।

यो विषय जीवनसँग जोडिएको बताउँदै उनले ज्ञान र विवेकको कमीले राजनीति गर्ने क्षमता कमी नहुने बताए ।  उनले ज्ञान र विवेक नभएकाले पनि राजनीति गरेको उदाहरण दिँदै ज्ञान र विवेक भएकाले गरेको राजनीतिभन्दा पनि उनीहरुले गरेको राजनीतिक काम राम्रो हुने गरेको भन्दै प्रशंसा गरे । राजनीतिलाई समय सापेक्षतामा लिएमात्र राजनीति गर्न सम्भव हुने बताउँदै डा. भट्टराईले नेता इतिहास र वर्तमानको आवश्यकताले जन्मने बताए । उनले भने, ‘आर्थिक सामाजिक रुपान्तरण गर्दै नेताले नीति बनाउँछ भने कार्यान्वयन कार्यकर्ताले गछ ।’ 

त्यस्तै महोत्सवमा काँग्रेस नेता एवम् सांसद् प्रदिप गिरीले भावनात्मक परिपक्वता नै राजनीति रहेको बताए । उनले पछिल्लो समयमा विकासको नाममा विनास हुने गरेको बताउँदै यसलाई रुपान्तरण गर्न बहसको आवश्यकता रहेको बताए । उनले राजनीति गर्ने मान्छे विद्दतासहित नैतिकतावान पनि हुनुपर्नेमा जोड दिए । उनले सामान्य दायित्व पुरा गर्नु नै विद्यता रहेको बताउँदै बुद्दिजीविले टाढासम्म हेर्न सक्ने बताए ।

त्यसपछिको अर्को सेसनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा रोजगारी सृजना गर्नु आफ्नो ठूलो सपना रहेको बताए । ‘मुख्यमन्त्रीको प्रदेश सपना’ शीर्षकमा पत्रकार मनमोहन स्वाँरसँग बहस गर्दै उनले कृषि, ऊर्जा, पर्यटन, उद्योग तथा स्वरोजगार मार्फत् रोजगारी सृजना गर्न प्रदेश सरकार लागि परेको बताए । यसैगरी ‘साहित्य र राजनीति कति नजिक कति टाढा ?’ शीर्षकमा बहस गर्दै राजेन्द्रसिंह रावल, नैनसिंह महर र डा.जनकराज शाहले राजनीति र साहित्य एकअर्काको परिपूरक रहेको टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप