शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मर्यादित महिनावारी अभियन्ता राधा पौडेलले जितिन् अन्तर्राष्ट्रिय अवार्ड

सोमबार, १९ फागुन २०७६, ११ : ३२
सोमबार, १९ फागुन २०७६

फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (एआईएम) ले राधा पौडेललाई एआईएमः एलुम्नाई अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

मर्यादित महिनावारी अभियन्ताको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल  राधाले अन्तर्राष्ट्रिय स्तरको अवार्ड हात पारेकी हुन् ।

फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टमा अध्ययन गरिसकेका विद्यार्थीहरुमध्ये कुनै पनि क्षेत्रमा राम्रो काम गरिरहेका पूर्व विद्यार्थीलाई यो अवार्ड प्रदान गर्ने गर्छ ।

पौडेलले सोही कलेजबाट १० वर्षअघि स्नातकोत्तरको अध्ययन पूरा गरेकी थिइन् । सन् १९६७ मा स्थापना भएको एआईएमले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप