प्रचण्डमाथि जुत्ता प्रहार प्रकरण : एसएसपी थापाको नेतृत्वमा छानबिन समिति गठन
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार प्रकरणको छानबिन गर्न एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आदेशमा समिति गठन गरिएको हो । समितिमा एसएसपी थापाको नेतृत्वमा परिसरका डिएसपी बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिम्लिसिना रहेका छन् । एसएसपी थापा महानगरीय अपराध महाशाखाका प्रमुख हुन् ।
आइतबार राष्ट्रिय सभागृहमा तत्कालीन एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । यद्यपि, प्रचण्डलाई जुत्ता भने लागेको थिएन ।
जुम्लाका २१ वर्षीय रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । आफू सहिद परिवारको भएको र माओवादी संघर्षका क्रममा बाबुको ज्यान गएको तिरुवाले दाबी गरेका छन् ।
यता, सत्तारुढ दल नेकपा जुम्लाले भने रतन सहिद परिवारको सदस्य नभएको र विप्लव कार्यकर्ता रहेको दाबी गरेको छ ।
रतन तिरुवाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै