‘एस्पायर इन्टर कलेज २०२०’ को उपाधी ब्रिटिस कलेजलाई
काठमाडौं– इस्लिङ्टन कलेजले आयोजना गरेको ‘एस्पायर इन्टर कलेज २०२०’ को उपाधी ‘दि ब्रिटिस कलेजले हात पारेको छ ।
गत फेब्रुअरी २६ देखि फेब्रुअरी २८ सम्म आयोजित उक्त कार्यक्रम विभिन्न व्यवसायसँग सम्बन्धितहरु बीचको एक विस्तृत श्रृंखलाको समिश्रण भएको कलेजले जनाएको छ ।
एस्पायरले एउटा प्लेटफर्म प्रदान गर्ने लक्ष्य सहित सबै सहभागीहरूलाई उनीहरूको अधिकतम क्षमता देखाउने अबसर प्रदान गरेको थियो । विद्यार्थीको सहभागिताले तिनीहरूमा समय व्यवस्थापन, टीममा काम गर्ने वानी र नेतृत्व लिने वानीको विकास हुने कलेजको दावी छ ।
उक्त कार्यक्रममा विद्यार्थीहरूका लागि एक विशिष्ट बजेट विनियोजन गरिएको थियो जहाँ प्रतिस्पर्धी विद्यार्थीले न्यूनतम समय र साधनमा उच्चतम परिणाम देखाएका थिए। सहभागीहरूले टीम वर्क बनाएर सहभागीता जनाएका थिए ।
प्रत्येक सहभागीले उनीहरूको व्यावसायिक क्षमताको नयाँ पक्षहरू वास्तविक जीवन परिदृश्यहरूको सामना गर्नका लागि उपायहरु पत्ता लगाएका थिए । सबै सहभागीहरूलाई उनीहरूको अनुकुल क्षेत्र बाहिर काम गर्न र उनीहरूलाई विश्व–व्यापारको अनुभव र अनुभूति प्रदान गर्दै त्यसमा आफुलाई कसरी समावेस गराउने भन्ने ज्ञान प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा ६ फरक अभ्यासहरू गराइएको थियो, जहाँ विद्यार्थीको सीमित समयमा वास्तविक लक्ष्यहरुमा उनीहरूको सीप र क्षमताको प्रयोग गरि उनीहरुको मुल्यांकन गरिएको थियो । ६ फरक अभ्यासहरू स्टार्ट–अप आइकन, मनी मास्टर, दि लास्ट मार्केट कल, कर्पोरेट एलाइट्स, ग्लोबल हीरो र सीइओ अफ दि इअर थियो ।
समापन कार्यक्रममा ‘ब्रिटेनमा एक दिन’ भन्ने फनफेस्ट आयोजना गरिएको थियो । जहाँ बिभिन्न स्टलहरू र क्रियाकलापहरू समावेश गरिएको थियो । परम्परागत ब्रिटिश संस्कृति प्रदर्शनी सहित सम्पन्न उक्त ‘एस्पायर इन्टर कलेज इभेन्ट २०२०’ को उत्कृष्ट पुरस्कार ‘दि ब्रिटिस कलेजले हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषधको मुद्दा लागेर फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै