बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाले सञ्चालनमा ल्यायो सूपथ मूल्य पसल

सोमबार, १९ फागुन २०७६, १८ : ५५
सोमबार, १९ फागुन २०७६

काठमाडौं । नेपाली सेनाले जंगी अड्डा हाताभित्र सूपथ मूल्य पसल (क्यान्टिन) सञ्चालनमा ल्याएको छ । 

सो सूपथ मूल्य पसलको सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।  

सैनिक कल्याणकारी योजना अन्तरगत २०३२ सालमा स्थापना भएको श्री बसुन्धारा क्याण्टिनलाई प्रधानसेनापतिको मार्ग निर्देशन २०७५ अनुसार सैनिक कल्याणकारी कोषको छाता मुनि ल्याई सुपथ मुल्य पसल (क्यान्टिन) को रुपमा संचालनमा ल्याइएको सेनाले जनाएको छ । 

नेपाली सेनाको हिताधिकारीहरुको लागि प्रथम चरणमा काठमाडौं उपत्यकामा र क्रमशः नेपालभर सैनिक कल्याणकारी कोषको लगानीमा गैर नाफामूलक उद्देश्यले सहुलियत मूल्यको सैनिक क्याण्टिन संचालन गरिने योजना रहेको नेपाली सेनाले जनाएको छ ।

 यसै क्रममा हाललाई उपत्यका पृतना हेर्डक्वार्टर, वीरेन्द्र अस्पताल र नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा उक्त क्याण्टिन संचालनको क्रममा रहेको बताइएको छ । 

पसलमा सैनिक पोशाकहरु, दैनिक आवश्यकताका सामानहरु लत्ता कपडा, ग्रोसरी, खाद्य वस्तु, ईलेक्ट्रोनिक्स, खेलकुदका सामानहरु, स्टेशनरी, होम अप्लाइन्सका सामग्रीहरु, सौन्दर्य तथा औषधोपचार सम्बन्धी सामान, दुई पाग्रें तथा चार पाग्रें सवारी साधनलगायत अन्य सामानहरु उपलब्ध हुने छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप