शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल ‘टपअप मुद्दती निक्षेप योजना’ संचालनमा

सोमबार, १९ फागुन २०७६, १९ : २०
सोमबार, १९ फागुन २०७६

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । 

यस योजनामा न्यूनतम १० हजारमा सहभागी हुन सकिने छ । जसअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् ।

साथै यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको छ ।
  
ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्दती खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप