बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देही सामाजिक सञ्जालको अध्यक्षमा ईश्वर पोखरेल

सोमबार, १९ फागुन २०७६, २० : २८
सोमबार, १९ फागुन २०७६

सिडनी । रुपन्देही सामाजिक सञ्जालको दोस्रो अधिवेशनले ईश्वर पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मार्च १ (आइतबार) सम्पन्न अभिवेशनबाट ईश्वर पोख्रेल अध्यक्ष रहने गरी नयाँ कार्य समिती गठन भएको हो ।  कार्यसमितिको उपाध्यक्षमा सुशील नेपाल र रोशन कोइराला, महासचिवमा दिवाकर काफ्ले, सचिवमा अर्जुन गैरे र कोषाध्यक्षमा विप्लब सापकोटा चयन गरिएको छ ।

अधिवेशनले कला तथा साहित्य संयोजकमा मुक्तिराम पोखरेल, महिला संयोजकमा रञ्जिता भण्डारी, महिला सहसंयोजकमा तुलसा पाण्डे, खेलकुद संयोजकमा सरोज पाठक र जनसम्पर्क अधिकृतमा रवि केसीलाई चयन्  गरिएको  छ ।

त्यसैगरि कार्यसमितिको सदस्यहरुमा मनोज सिलवाल, प्रदीप खनाल, पदम अधिकारी, निशान ढकाल, सूचना पाण्डे, गणेश न्यौपाने, सुरज खत्री, लक्ष्मी खनाल, कमल भण्डारी, सरोज पाण्डे, रेमन केसी र रक्षा शर्मा चयन भएका छन  ।

संस्थाका पूर्वअध्यक्ष राज खनाल र कृष्ण गैरे संस्थाको संरक्षकको रुपमा  रहेका छन भने डा. चिजकुमार श्रेष्ठ, डा. प्रकाश पौडेल, विक्रम बिश्वकर्मा, चुना क्षेत्री, महेश्वर शर्मा र मोहन पाण्डेलाई सल्लाहकार  तोकिएको छ ।

उक्त्त अधिवेशन समारोहको सुरुवात नेपाल तथा अष्ट्रेलियाको राष्ट्रिय गान र रुपन्देही जिल्लाको चिनारी र   संस्थाले आजसम्म गरेका परोपकारी कार्यहरुको  श्रब्य दृश्य सामाग्री  मार्फत प्रस्तुत गरिएको थियो भने संस्थाको गत दुई वर्षको  आर्थिक विवरण र अन्य गतिबिधिहरु प्रस्तुत गरिएको थियो । 

समारोहमा  अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले उद्घाटन गरेका थिए । राजदूत दाहालले नेपाल दूतावासको तर्फबाट नवनिर्वाचित अध्यक्ष ईश्वर पोखरेलको टिमलाई  बधाइ तथा शुभकामना संस्थालाई अझ सक्षम बनाउदै लैजानको लागि सुझाब दिए ।

एनएसडब्लुका लागि माहाबाणिज्यदूत दिपक खड्काले अस्ट्रेलियामा विभिन्न जिल्लाको समाज गठन भएको र सबैले आ–आफ्नो समाजलाई योगदान दिन  गरिने स्वस्थ्य प्रतिस्पर्धा राम्रो भएको बताए ।

हरेक समुदाय बलियो भयो भने देश नै बलियो हुने खड्काको धारणा थियो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष मन केसीले रुपन्देही सञ्जालका पदाधिकारीलाई शुभकामना दिँदै  डायस्पोराको मेकानिजममा सबै अगाडि बढ्दा राम्रो हुने उनले बताए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका प्रतिनिधिहरु,विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि र संचार कर्मीहरुको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता रसाइली विश्वकर्मा
सीता रसाइली विश्वकर्मा
लेखकबाट थप