शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने पक्राउ

मङ्गलबार, २० फागुन २०७६, १५ : ३५
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । 

ललितपुरको सानेपामा बा १ ख ६९५२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा घुस दिन खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सोही बसका चालक उदयपुर घर भई काठमाडौं सुनधारा बस्ने वीरधन राई र सहचालक नविन राई रहेका छन् । 

उनीहरुले ट्राफिक प्रहरीलाई नगद रू ५ सय  दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए । नगद सहित निजहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप