शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरबाट ६ किलो सुन समातियो, १ जना पक्राउ

मङ्गलबार, २० फागुन २०७६, १६ : १०
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं । मकवानपुर प्रहरीले करिब ६ किलो अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुल मजिद अनेकल रहेका छन् । 

हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको  बस चेकजाँचका क्रममा सो  सुन फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । 

 प्रहरीले मंगलबार बिहान उनलाई पक्राउ गरेको थियो ।

अभियुक्तलाई प्रहरीले आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप